पोखरा । पोखराको बुद्ध विशाल बजारले चाडपर्वलाई लक्षित गरी विशेष छुट योजना सार्वजनिक गरेको छ । बजारमा किनमेल ग्राहकलाई नगद नै छुट दिने योजना विशालबजारले ल्याएको हो ।
बुद्ध विशालबजार व्यापारिक एशोसिएसनले एक विज्ञप्ति जारी गर्दै चाडपर्व विशेष छुट योजना सार्वजनिक गरेको हो ।
यही असोज १२ गते शनिबारदेखि मंसिर ३० गते आइतबारसम्म सपिङ गर्ने ग्राहकले पाँचदेखि २५ प्रतिशतसम्म नगद छुट पाउने छन् ।
गत वर्षको चाडपर्वमा यो योजना प्रभावकारी बनेपछि यस वर्ष पनि दशैं, तिहार र छठलाई लक्षित गरी नगद छुटको योजनालाई निरन्तरता दिइएको बुद्ध विशालबजार व्यापारिक एसोसिएसनका अध्यक्ष इन्द्रराज अर्यालले जानकारी दिए ।
चाडपर्वको अवसर, “उपहार पहिले पहिले, नगद पाँचदेखि २५ प्रतिशतसम्म छुट अहिले” नाराका साथ छुट अफर ल्याइएको अर्यालले बताए ।
“यो चाडपर्वमा बुद्ध विशालबजार पोखरा भित्र सपिङ गर्नुहोस् र नगद छुट पाउनुहोस् भनेर ग्राहकलाई भनिरहेका छौँ,’ अर्यालले भने, ‘यो योजनाबाट धेरै ग्राहक लाभान्वित हुने विश्वास लिएका छौँ ।’
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution