पाँचथर । बाढीका कारण सडक अवरुद्ध भएपछि अस्पताल जान नसकेका यहाँका दुई गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
जिल्लाको फालेलुङ गाउँपालिका-३ का गर्भवतीलाई गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सोमबार उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको हो ।
३० वर्षीया सुजा जबेगू र १८ वर्षीया भूमिका चौहानलाई एक÷एक जना सहयोगीसहित काठमाडौँ पठाइएको फालेलुङ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख सुरज पासवानले जानकारी दिए ।
पासवानका अनुसार गर्भवती सुजालाई सुत्केरीका लागि चिकित्सकले दिएको समय पुगेपनि सडक नहुँदा स्वास्थ्य संस्था जान नसकी घरमै बसेकी थिइन् ।
भूमिकाको पेटमा रहेको बच्चाको तौल पर्याप्त नभएकाले सुविधा सम्पन्न अस्पताल लैजान चिकित्सकले सुझाव दिएका थिए ।
अविरल वर्षापछि असार १२ गते आएको बाढीले फालेलुङ गाउँपालिका जोड्ने हेवा खोला र फेमे खोलाको पुल बगाएपछि सदरमुकाम फिदिम तथा मेची राजमार्गसँगको सडक सम्पर्क विच्छेद भएको छ ।
मेची राजमार्गको फिदिम नगरपालिका-२ रमितेस्थित सडक भत्किएर सञ्चालन हुन सकेको छैन ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution