|फाइल तस्वीर ।
पोखरा । सरकारले बाढीपहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई जनही दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।
यस्तै सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा एक अर्ब जम्मा गर्ने निर्णय गरेको छ । जसमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुको एक महिनाको तलबसमेत राखिने छ ।
तीन दिन राष्ट्रिय शोक मनाउने, राष्ट्रिय झण्डा आधा झुकाउने र १० दिन भन्दा बढी हराएका व्यक्तिका आफन्तलाई दुई लाख दिने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution