कैलाली । मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा गएराति दुईजनाको ज्यान गएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगङ्गा नगरपालिका-१ गोप्कामा से६प ६२७९ र बा९५प ९२५२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै जना चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले उक्त दुर्घटनामा जानकी-८ का २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा-७ का २६ वर्षीय चिरञ्जीवी मल्लको मृत्यु भएको बताए ।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरी र मल्ललाई उपचारका लागि राति नै धनगढीको नवजीवन अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
यस्तै बा९५प ९२५२ नम्बरको मोटरसाइकल पछाडि सवार शुक्लाफाँटा-७ का २२ वर्षीया दीपक बोहोरा घाइते भएका छन् ।
उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution