घटस्थापनाकाे दिनसम्मकाे माैसम पूर्वानुमान : केही प्रदेशमा भारी बर्षा हुने

  • पोखरा न्यूज
  • २०८१ आश्विन १५
घटस्थापनाकाे दिनसम्मकाे माैसम पूर्वानुमान : केही प्रदेशमा भारी बर्षा हुने

पाेखरा । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। नेपालमा भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल कोशी,मधेस र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

आज गण्डकी, कोशी र बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेशका केही स्थान, गण्डकी र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बुधबार

गण्डकी, कोशी, मधेस र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी र बाग्मती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति गण्डकी, कोशी, मधेस, बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेशका केही स्थान तथा गण्डकी, मधेस र बागमतीका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

घटस्थापनाका दिन बिहीबार

गण्डकी, कोशी, मधेस र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी र मधेस प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना छ। साथै कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति गण्डकी, कोशी, मधेस,बागमती, लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस