पाेखरा। त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलामा आज नेपालले आयाेजक क्यानडासँग खेल्दैछ ।
खेल राति ९ः४५ बजे शुरु हुनेछ । अहिलेसम्म तीन वटै टिमले दुई-दुई खेल खेलेका छन् जसमा सबैले एक खेल जितेका छन् ।
एक खेल जितेकाे नेपाल दुइ अंकसहित शीर्ष स्थानमा छ ।
नेपालले पहिलो खेलमा क्यानडासँग हार बेहोरेको थियो भने दोस्रो खेलमा ओमानलाई हराएको थियो ।
यस्तै क्यानडाले पहिलो खेलमा नेपाललाई हराउँदा दोस्रो खेलमा गएराति ओमानसँग हार बेहोरेसँगै पुछारमा झरेको छ ।
आजको खेल जिते नेपालको फाइनल मजबुत हुनेछ ।
गएराति सम्पन्न खेलमा ओमानले क्यानडालाई आठ विकेटले पराजित गरेको हो ।
क्यानडाले दिएको एक सय सात रनको लक्ष्य ओमानले १५ ओभरमा दुइ विकेट गुमाउँदै पूरा गरेको थियो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले १९दशमलव पाँच ओभरमा अल आउट हुँदै एक सय छ रन बनाएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution