बर्षा वितण्डा : मृत्यु हुनेको संख्या २१७ पुग्यो, २८ जना अझै बेपत्ता

  • पोखरा न्यूज
  • २०८१ आश्विन १५
बर्षा वितण्डा : मृत्यु हुनेको संख्या २१७ पुग्यो, २८ जना अझै बेपत्ता

पाेखरा । अबिरल बर्षासँगैकाे बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छभने २८ जना बेपत्ता छन् ।

प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए ।

बाढी प्रभावितलाई  खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।

यसैबीच मन्त्रिपरिषद्ले तीन दिन राष्ट्रिय शोक मनाउने, राष्ट्रिय झण्डा आधा झुकाउने र १० दिन भन्दा बढी हराएका व्यक्तिका आफन्तलाई दुई लाख दिने निर्णय गरेको छ ।

सरकारले बाढीपहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई जनही दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

यस्तै सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा एक अर्ब जम्मा गर्ने निर्णय गरेको छ । जसमा प्रधानमन्त्रीसहित सबै मन्त्रीको एक महिनाको तलबसमेत राखिने छ ।

 



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस