पोखरा । पोखरा महानगरपालिका वडा नं ७ स्थित शुभेक्षा फार्मेसीका सञ्चालक मित्रलाल शर्मा लागूऔषध विक्री वितरण गरेको आरोपमा पक्राउ परेका छन् ।
उनलाई मंगलबार दिउँसो १ बजे पक्राउ गरी जिल्ला अदालत कास्कीबाट लागूऔषधसम्बन्धी मुद्दामा १५ दिन म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
डीएसपी शर्माका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको टोली शुभेक्षा फार्मेसीमा छापा मारेको थियो ।
सोक्रममा फार्मेसीबाट टपेन्टाडोल हाइड्रोक्लोराइड क्याप्सुल्स ५० एमजी लेखिएको लागूऔषध एक सय १५ चक्की र उनको पोखरा-१७ पावरहाउसस्थित घरमा लुकाएर राखिएको सोही लागूऔषध ४५ हजार ७० चक्की बरामद भएको डीएसपी शर्माले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution