पोखरा । पोखराका पत्रकार वासुदेव पौडेल पोखरा वृद्धाश्रमद्वारा सञ्चालित ‘ऋषिलीला ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार-२०८१’ बाट पुरस्कृत भएका छन् ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले रु ५० हजारसहित उनलाई पुरस्कार प्रदान गरिएको हो ।
पत्रकारिताका माध्यमबाट ज्येष्ठ नागरिकका क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप पौडेललाई छनोट समितिको सिफारिसअनुसार पुरस्कृत गरिएको पुरस्कारका संस्थापकसमेत रहेका पोखरा वृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले बताए ।
पोखरामा शैक्षिक एवं सामाजिक क्षेत्रमा विशिष्ठ योगदान पुर्याएका प्रजातन्त्र सेनानी एवं पोखरा वृद्धाश्रमका संस्थापक अध्यक्ष आफ्ना पिता स्व ऋषिकेशव पराजुली र आमा लीलादेवी पराजुलीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गरिएको उनले जानकारी दिए ।
पत्रकारिताका माध्यमबाट वृद्धाश्रमको उन्नयन र ज्येष्ठ नागरिकको हकअधिकार संरक्षणका पक्षमा कलम चलाउने सञ्चारकर्मीलाई वृद्धाश्रमले बर्सेनि सम्मान गर्दै आएको छ ।
कार्यक्रममा मन्त्री थापाले प्रदेश सरकार ज्येष्ठ नागरिकका हकअधिकार संरक्षणका लागि प्रतिबद्ध रहेको बताए ।
गण्डकी प्रदेशसभा सदस्य भीम कार्कीले ज्येष्ठ नागरिकका पक्षमा कानुनी प्रबन्ध गर्न र अधिकारका लागि आफू प्रतिबद्ध रहेको बताए ।
पुरस्कृत पत्रकार पौडेलले ज्येष्ठ नागरिकका पक्षमा बनेका कानूनको कार्यान्वयन हुन नसकेकामा चिन्ता व्यक्त गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कास्कीका कार्यवाहक अध्यक्ष रामप्रसाद तिमिल्सिना, गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारीलगायतले बोलेका थिए ।
विसं २०५३ मा स्थापना भई असहाय एवं विपन्न ज्येष्ठ नागरिकको सेवा संरक्षणमा क्रियाशील रहँदै आएको पोखरा वृृद्धाश्रममा हाल देशका विभिन्न जिल्लाका ५० जना ज्येष्ठ नागरिक र १० जना अपाङ्गता भएका व्यक्ति एवं स्याहारकर्ताले आश्रय लिँदै आएको संस्थाका सचिव धर्म गुरुङले जानकारी दिए ।
आश्रमले विशेषगरी पोखरा महानगरका ज्येष्ठ नागरिकलाई प्याथोलोजी, मनोपरामर्श र फिजियोथेरापी सेवासमेत प्रदान गर्दै आएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution