पोखरा । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरा महानगरपालिकाले दुई ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
महानगरले १०६ वर्षीय बसुन्धरा बराल र १०३ वर्षीय देवीदत्त तिवारीलाई सम्मान गरेको हो । दुबै जनालाई उनीहरुकै घरमा पुगेर सम्मान गरेको गरिएको बताइएको छ ।
पोखरा-१३ काहुुँखोलाकी बराललाई महानगरकी कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङ र पोखरा-१३ का वडाध्यक्ष किरण बरालले १४ हजार रुपैयाँ नगद, सम्मानपत्र, माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
यस्तै पोखरा-३१ का वडाध्यक्ष ढकनाथ कंडेलले ज्येष्ठ नागरिक पिताका रुपमा नगद, माला र दोसल्ला ओढाएर सम्मान गरे ।
महानगरले प्रत्येक वर्ष ज्येष्ठ नागरिकमध्ये दुई जनालाई सम्मान गर्र्दै आएको छ । महानगरले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसमार प्रत्येक वर्ष नगर पिता र नगर आमाको रुपमा सम्मान गर्दै आएको छ ।
उपप्रमुख गुरुङले ज्येष्ठ नागरिकलाई माया, सद्भाव र सम्मान व्यक्त गर्नुपर्ने बताइन् । ज्येष्ठ नागरिकलाई परिवारका सदस्यले कुनै दुःख कष्ट नदिई पालनपोषण गर्नुपर्नेमा जोड दिँदै नेपालको संविधानले ज्येष्ठ नागरिकको संरक्षणका बारेमा स्पष्ट व्यवस्था गरेको बताइन् ।
पोखरा महानगरले पनि ज्येष्ठ नागरिकको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताइन् ।
वडाध्यक्ष किरण बरालले आफ्नै वडाको ज्येष्ठ नागरिकलाई सम्मान पाउनु सुखद् भएको बाउँदै सम्मानित व्यक्तित्वको सुस्वास्थ्य र दीर्घायूको कामना गरे ।
कार्यक्रममा महानगरका सामाजिक विकास महाशाखाका अधिकृत मञ्जु ढुंगाना, महिला विकास अधिकृत बेलकुमारी गुरुङलगायतले बोलेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution