दुर्गा प्रसाईं १ लाख रुपैयाँ धरौटीमा रिहा

  • पोखरा न्यूज
  • २०८१ आश्विन १५
दुर्गा प्रसाईं १ लाख रुपैयाँ धरौटीमा रिहा

पोखरा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १ लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ ।

न्यायाधीश ठाकुरप्रसाद खरेलको एकल इजलासले विद्युतीय अपराधसम्बन्धी दुई वटा मुद्दामा जनही रु ५०÷५० हजार धरौटी लिएर थुनामुक्त गर्ने आदेश गरेको काठमाडौँ अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

प्रसाईंलाई सरकारी वकिल कार्यालय काठमाडौँले विद्युतीय अपराधसम्बन्धी दुई वटा मुद्दा काठमाडौँ अदालतमा दायर गरेको थियो ।

प्रसाईंले एक जना महिलाको चरित्र हत्या हुने अभिव्यक्ति उल्लेख गर्दै मुद्दा दायर गरिएको थियो ।

नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई यही असोज ६ मा भक्तपुरस्थित घरबाट पक्राउ गरेको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस