पोखरा । क्यानडामा जारी त्रिकोणात्मक टि-ट्वान्टी सिरिजअन्तर्गत तेस्रो खेलमा नेपाललले घरेलु टोली क्यानडा सामु खेलमा नेपालले १४० रनको चुनौती पेस गरेको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभर खेलर ६ विकेट गुमाएर १३९ रन बनाउन सफल भएको हो ।
खेलमा ओपनर अनिल साहले ३० बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४१ रन बनाए । आसिफ शेख ३० बलमा ३ चौका र १ छक्कासहित ३० रन जोडे ।
नेपाललाई ओपनर आसिफ र अनिलले ९.१ ओभरमा ७० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । हर्ष ठाकेरको बलमा ठूलो सट खेलेका अनिल अखिल कुमारबाट क्याच आउट भएपछि मध्यक्रमका ब्याटरले राम्रो गर्न सकेनन् ।
कुशल भुर्तेलले १३, दीपेन्द्रसिंह ऐरी १२, रोहित पौडेल र कुशल मल्ल ४-४ रन बनाए । गुल्सन झा १६ बलमा २ छक्कासहित २३ र करण केसी ८ रनमा नट आउट रहे ।
क्यानडाका हर्ष ठाकेरले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । प्रविन कुमार, डिलोन हेलिगर र साद बिन जाफरले १-१ विकेट लिए ।
अबको केही बेरमा क्यानडाले ब्याटिङ गर्नेछ । यस सिरजको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । यस खेलमा नेपाललाई त्यस हारको बदला लिने मौका छ ।
नेपालको प्लेइङ एघारमा कप्तान रोहित पौडेलसँगै आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र ललित राजवंशी छन ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution