पोखरा । नेपाल घरेलु टोली क्यानडासँग फेरि पराजित भएको छ । बुधबार बिहान १ः२० बजे सम्पन्न खेलमा क्यानडाले नेपाललाई ४ विकेटले हराएको हो । यो हारसँगै शीर्ष स्थानमा रहँदै उपाधि जित्ने नेपालको सम्भावना क्षीण बनेको छ भने दुई खेल जितिसकेको क्यानडा फाइनल प्रवेश गरेको छ ।
नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले दिएको १४० रनको लक्ष्य क्यानडाले १९दशमलव३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।
क्यानडाका लागि जिताउन सादबिन जाफरे ३३ तथा रविन्द्रपाल सिंहले २० रन बनाए । यस्तै दीलप्रित बाजवा २५, नवनित धालिवाल १२, निकोलस किर्तोन २६ र हर्ष ठाकेर ११ रनमा आउट भए ।
नेपालका सन्दीप लामिछानेले २, ललित राजवंशीले २ विकेट लिए भने सोमपाल कामीले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । नेपालका अनिल साहले सर्वाधिक ४१ रन बनाए भने आसिफ शेखले ३० रन जोडे ।
ओपनर आसिफ र अनिलले ९दशमलव१ ओभरमा ७० रनको साझेदारी गरेका थिए । यस्तै, कुशल भुर्तेलले १३, दीपेन्द्रसिंह ऐरी १२, रोहित पौडेल र कुशल मल्ल ४-४ रन बनाए । गुल्सन झा १६ बलमा २ छक्कासहित २३ र करण केसी ८ रनमा नट आउट रहे ।
क्यानडाका हर्ष ठाकेरले २, प्रविन कुमार, डिलोन हेलिगर र साद बिन जाफरले १-१ विकेट लिए ।
नेपाल पहिलो खेलमा क्यानडासँगै १४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ओमानलाई ३७ रनले हराएको थियो । नेपालले चौथो अर्थात अन्तिम खेल बुधबार ओमानसँग खेल्नेछ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution