आज विश्व अहिंसा दिवस मनाइँदै

  • पोखरा न्यूज
  • २०८१ आश्विन १६
आज विश्व अहिंसा दिवस मनाइँदै

पोखरा । आज विश्व अहिंसा दिवस । विश्वमै मानिएका अहिंसाका नेता महात्मा गान्धीको जन्मदिनको रुपमा पनि आजको दिनलाई मनाइन्छ ।

गान्धीको विचारधारा र अहिंसाको आदर्शलाई आत्मसाथ गर्नका लागि आज विश्वभरि पैरवी गरिन्छ ।

सन् २००७ मा संयुक्त राष्ट्र सङ्घले सुरु गरेको अन्तर्राष्ट्रिय अहिंसा दिवसमा मोहनदास करमचन्द गान्धी अर्थात् विश्वभर महात्मा गान्धी भनेर चिनिने भारतीय नेताको जीवनशैलीलाई अनुकरण गर्ने दिन पनि मानिन्छ ।

आज विश्व अहिंसा दिवस हो, बुद्धको देश नेपाल र नेपालीको अहिंसाप्रति विशेष पहिचान छ ।

गीता, कुरान, बाइबल, त्रिपिटकलगायत कुनै पनि धार्मिक ग्रन्थमा हिंसाले कसैको भलो गर्दैन भनेर उल्लेख गरिएको छ ।

 



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस