पोखरामा ‘कालरात्री म्यूजीकल फेस्टिभल’ हुने

  • पोखरा न्यूज
  • २०८१ आश्विन १६
पोखरामा ‘कालरात्री म्यूजीकल फेस्टिभल’ हुने

पोखरा । पोखरा महानगरपालिका वडा नं १३ स्थित बाँझापाटनमा १९औँ ‘कालरात्री म्यूजीकल फेस्टिभल–२०८१’ हुने भएको छ ।

महान वर्ष बडादशैँको अवसर पारेर सत्य युवा सेवा समितिले फेस्टिभल आयोजना गरेको हो ।

फेस्टिभल असोज २५ गते हुनेछ । फेष्टिभलमा पूर्ण राई एण्ड ब्रोदर्स, दी ड्रिमर्ज ब्याण्ड, नेपाल आइडलको अन्तिम पाँच फाइनालिष्ट मानव परियार, रोहनजंग कार्कीलगायतको प्रस्तुति रहने समिति अध्यक्ष हितमान गुरुङले जानकारी दिए ।

गीत-संगीतमार्फत् मनोरञ्जन प्रदान गर्दै युवालाई रचनात्मक कार्यमा लगाउने उद्देश्यका साथ फेस्टिभल आयोजना गरिएको उनले बताए ।

उनका अनुसार फेष्टिभलका लागि टिकट दर पाँच सय र एक हजार तोकिएको जनाइएको छ । टिकट अनलाइनबाट बुकिङ गर्न सकिनेछ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस