सुनको मूल्य तोलामा आठ सय रुपैयाँ बढ्यो

  • पोखरा न्यूज
  • २०८१ आश्विन १६
सुनको मूल्य तोलामा आठ सय रुपैयाँ बढ्यो

पोखरा । आज बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर एक लाख ६० हजार आठ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि मंगलबार सुनको मूल्य एक लाख ६० हजारमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

चाँदीको मूल्य १० रुपैयाँले बढेर एक हजार नौ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस