पोखरा । इजरायलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ ।
इजरायलका विदेशमन्त्री इजरायल काट्जले ट्वीट गर्दै यो जानकारी दिएका हुन् । ‘इजरायलमा इरानको जघन्य आक्रमणको स्पष्ट रूपमा निन्दा गर्न नसक्ने जो कोहीलाई इजरायली भूमिमा पाइला राख्ने अधिकार छैन,’ उनले भनेका छन् ।
काट्जले गुटेरेसलाई अहिलेसम्म अक्टोबर ७ मा हमासद्वारा गरिएको नरसंहार र यौन दुर्व्यवहारको निन्दा नगरेका महासचिव भनेर भनेका छन् । उनले हमासलाई आतंकवादी संगठन घोषणा गर्ने कुनै प्रयास नगरेको पनि भनिएको छ ।
काट्जले इरानलाई विश्वव्यापी आतंकको जननी बताएका छन् ।
एन्टोनियो गुटेरेसको साथ वा बिना नै इजरायल आफ्ना नागरिकहरूको सुरक्षा र राष्ट्रिय सम्मानको रक्षा गर्न जारी राख्नेछ,’ उनले निष्कर्षमा भनेका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution