राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयमा अक्षयकोष स्थापना, खाद्यान्न सहयोग

  • पोखरा न्यूज
  • २०८१ आश्विन १६
राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयमा अक्षयकोष स्थापना, खाद्यान्न सहयोग

पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयमा एक लाख एक हजार एक सय ११ रुपैयाँ नगद एवम् खाद्यान्न सहयोग प्राप्त भएको छ ।

विद्यालयको दीर्घकालीन सञ्चालनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ पोखरा-१६ निवाशी धनबहादुर थापाले एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रप्रसाद रेग्मीलाई खाद्यान्न तथा उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

सहयोग हस्तान्तरण गर्दै समाजसेवी थापाले गुरुकुल संस्कृत विद्यालयको दीर्घकालीन सञ्चालनमा केही न केही सहयोग पुगोस् भन्ने उद्देश्यका साथ सहयोग गरेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रप्रसाद रेग्मीले सीमित साधनस्रोतका बीच विद्यालय सञ्चालन भइरहेको बताए ।

यस्तै किसिमका सहयोगले यहाँको दीर्घकालीन सञ्चालन एवं व्यवस्थापनमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

राधाकृष्ण मन्दिर शान्ति आश्रमका सह अध्यक्ष गणेशबहादुुर खत्रीले गुरुकुल यहाँको गौरव भएको बताए । उनले गुरुकुलको दीर्घकालीन सञ्चालन र व्यवस्थापनका लागि सबैको सामूहिक प्रयास आवश्यक हुने बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रकाश उपाध्याय रेग्मीले सञ्चालन गरेका थिए भने स्वागत राधाकृष्ण मन्दिर शान्ति आश्रमका सचिव घनश्याम खनालले गरेका थिए ।

कार्यक्रममा विद्यालयका सल्लाहकार चन्द्रावती पौडेल, विष्णुबहादुर बस्नेतलगायतले गुरुकुललाई दीर्घकालीन रुपमा व्यवस्थित ढंगले सञ्चालनका लागि सबै पक्षको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस