स्याङ्जाको अँधेरीखोलामा झोलुंगे पुल, नागरिक लाभान्वित

  • पोखरा न्यूज
  • २०८१ आश्विन १६
स्याङ्जाको अँधेरीखोलामा झोलुंगे पुल, नागरिक लाभान्वित

स्याङ्जा । वालिङ नगरपालिका वडा नं १४ र भीरकोट नगरपालिका वडा नं. ९ स्थित अँधेरी खोलामा झोलुंगे पुल बनेपछि स्थानीयलाई सहज भएको छ । बिएलटी कन्ट्रक्सन प्रालि कोहलपुर बाँकेले रु. ७९ लाखमा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो ।

पुलःनिर्माण समितिका अध्यक्ष टेकबहादुर दर्लामीका अनुसार एक सय ५२ मिटर लामो उक्त पुल खोलाबाट दुई हजार ८० मिटर उचाइमा निर्माण भएको छ ।

विसं २०८० असोज ५ गते उद्घाटन भएको पुल सर्वसाधारणका लागि खुल्ला गरिएसँगै दुई घण्टाको बाटो आधा घण्टामा छोटिएको उनले बताए ।

यसअघि पुल नहुँदा स्थानीय दुई घण्टाको लामो वैकल्पिक बाटो हिँड्न बाध्य थिए । पुल बनेपछि भने लामो बाटो आधा घण्टामा छोटिएको अध्यक्ष दर्लामीले जानकारी दिए ।

बनेपनि विद्यार्थी, बटुवा तथा दैनिक आवतजावत गर्नेलाई सहज भएको छ । किसानलाई उत्पादित सामान ओसार-पसार गर्न र बजारसम्म लैजान सहज भएको हो”, उनले भने।

यहाँ पुल बनेपछि वालिङ नगरपालिका र भीरकोट नगरपालिका एक दर्जनबढी बस्तीका नागरिक लाभान्वित भएका छन् ।

सिम्ले, ठाना, करादी, काभ्रे, साउन्दी, चराङ, हिले, पाखुरे, जिमिरे, ठूली भञ्ज्याङ, जुनेली डाँडा, सिर्वानी, कपासे, हुग्दी, डुम्रेभन्ज्याङलगायत गाउँका पाँच सय बढी परिवारलाई प्रत्यक्ष लाभ पुगेको अध्यक्ष दर्लामीले बताए ।

स्थानीय समाजसेवी प्रकाश न्यौपानेले पुलको वारिपारि ठाडो भीर हुनुका साथै खरबारीको बाटो चिप्लो र अफ्ठयारो भएकाले सजिलो बाटो निर्माण गर्नुपर्ने बताए ।

स्थानीयको निरन्तर प्रयासपछि एक सय ५२ मिटर लामो पुल बनेको भन्दै बिस्तारै सडक विस्तार र स्तरोन्नतिमा स्थानीय निकायले योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस