पोखरा । लायन्स क्लब अफ पोखरा पिस सोसाइटीले सडक दुर्घटना सचेतना कार्यक्रम आयोजना गरेको छ ।
पोखरा महानगरपालिका वडा नं. ७ स्थित जनप्रिय बहुमुखी क्याम्पसमा भएको कार्यक्रम गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनकबहादुर शाहीले उद्घाटन गरेका थिए ।
उनले सडक दुर्घटना हुनुमा हामी सबै कुनै न कुनै रुपमा जिम्मेवार हुने बताए । उनले सबैले अनुशासन पालना गरेमा सडक दुर्घटना न्यूनीकरण हुने स्पष्ट पारे ।
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे नेपालका गर्भनर मीलन थापा, पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्य, क्याम्पस प्रमुख रमेश खड्का, माछापुच्छ्रे टोल विकास संस्थाका अध्यक्ष संगीता शर्मालगायतले लायन्सले उत्कृष्ट कार्य गरेको भन्दै सडक दुर्घटना न्यूनीकरणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा क्याम्पसमा अध्ययनरत विद्यार्थी, विभिन्न संघसंस्था तथा आमा समूहका प्रतिनिधि सहभागी थिए ।
सहभागीलाई जिल्ला प्रहरी ट्राफिक कार्यालय प्रमुख प्रहरी निरीक्षक शोभा पाण्डेले प्रशिक्षण दिएकी थिइन् ।
क्लब अध्यक्ष नरेन्द्रकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक क्लबका पूर्व अध्यक्ष प्रेमकुमार क्षेत्रीले र सञ्चालन उपाध्यक्ष रमेश थापाले गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution