घट्यो हवाई भाडा, पोखरा-काठमाडौं ९५, पोखरा-जोमसोम ४५ रुपैयाँ घट्यो

  • पोखरा न्यूज
  • २०८१ आश्विन १६
घट्यो हवाई भाडा, पोखरा-काठमाडौं ९५, पोखरा-जोमसोम ४५ रुपैयाँ घट्यो

पोखरा । पेट्रोलियम पदार्थको मूल्य घटेपछि हवाई भाडासमेत समायोजन भएको छ । परिवर्तित हवाई इन्धनको मूल्य अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार नयाँ भाडा दर लागू गरेको हो ।

हवाई जहाजको भाडामा इन्धनको हिस्सा झन्डै ४० प्रतिशतको हुन्छ । सोही आधारमा घटेको इन्धन शुल्कलाई समायोजन गर्नेगरि भाडा दर निर्धारण गरिएको हो ।

नयाँ दरअनुसार पोखरा-काठमाडौँको ९५ र पोखरा जोमसोम ४५ रुपैयाँ भाडा घटाइएको छ । यस्तै, काठमाडौँबाट भद्रपुर १८० रुपैयाँ, काठमाडौँ-विराटनगर १४५ रुपैयाँ, काठमाडौँ-जनकपुर ७५ रुपैयाँ घटाइएको छ ।

यस्तै, काठमाडौँ-भद्रपुर ६५ रुपैयाँ, काठमाडौँ-भैरहवा १२० रुपैयाँ, काठमाडौँ-नेपालगन्ज १९५ रुपैयाँ तथा काठमाडौँ धनगढी २६५ रुपैयाँ भाडा घटाइएको छ । परिवर्तित भाडा दर अनुसार नयाँ भाडाको माथिल्लो, मध्यम र तल्लो सीमा घटेको छ ।

यस्तै, सर्ट टेकअफ एन्ड ल्यान्डिङ (एटीओएल) अन्तर्गत भने नेपालगन्ज-सिमकोट १८० रुपैयाँ, नेपालगन्ज-ताल्चा ९५ रुपैयाँ, शुल्क घटाइएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस