पोखरा । नेपालले ओमान सामु १५८ रनको चुनौती पेश गरेको छ । त्रिकोणात्मक टी-२० आइसिरिजअन्तगत आज राति भएको खेलमा नेपालले पूरै २० ओभर खेलेर ७ विकेटको क्षतिमा १५७ रनको बनाएको हो । ओमानले अब केही बेरमा ब्याटिङ गर्नेछ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले नट आउट ५६ रन बनाए ।
सोमपाल कामी ३ रनमा नटआउट रहे। त्यसअघि ओपनर अनिलकुमार साह ११ रन, अर्का ओपनर आसिफ शेखले १६ रन र देव खनालले १८ रनको योगदान गरे। कुशल मल्ल १९, गुल्सन झा २ रन र दीपेन्द्रसिंह ऐरी १ रनमै आउट भए भने कुशल भुर्तेलले प्रहार गर्दै ११ रन जोड्न सके।
बलिङमा ओमानका फयज बटले ३ विकेट लिएका थिए । कलिमुल्लाह, सकिल अहमद र अकिब इलियासले १-१ विकेट लिए ।
नेपालले आजको खेल जिते फाइनल पुग्ने सम्भावना कायमै रहनेछ भने पराजित भए आगामी यात्रा समाप्त हुनेछ ।
आजको खेल नेपालले जितेमा र भोलिको खेलमा ओमानले क्यानडालाई हराउन सकेमा नेपाल उपाधिको हकदार बन्ने सम्भावना रहन्छ ।
नेपालले यसअघि क्यानडासँगको दुवै खेल हारेको छ भने ओमानसँगको एक खेल जितेको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution