पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आयोजनामा पोखरा महानगरपालिका वडा नं. ३३, २९ र २७ को संगम सेती नदीको किनारास्थित मदौरुघाट जाने बाटो मर्मत गरिएको छ ।
सो अवसरमा वृक्षरोपण, गोडमेल, सरसफाईसमेत गरिएको थियो । कार्यक्रम उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य शिव नेपालीले पार्टीले अघि सारेका नीति तथा कार्यक्रमलाई गाउँ तथा टोलटोलमा पुर्याउनु पर्ने बताए ।
पार्टीका केन्द्रीय प्रशिक्षण विभाग सदस्य माधवप्रसाद कंडेल, कास्की जिल्ला सहसंयोजक राजु राईलगायत कार्यक्रममा सहभागी थिए ।
रास्वपा पोखरा-२९ का सभापति प्रभात पौडेलको संयोजनमा भएको कार्यक्रममा वडासदस्य शुकमाया सुनारले विकासका काममा सबैको साथ आवश्यक रहेको बताइन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution