वर्षा वितण्डा : मृत्यु हुनेको संख्या २३६ पुग्यो, १९ जना बेपत्ता

पोखरा । बाढी पहिरो र डुबानमा परी हालसम्म २३६ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् ।

प्राकृतिक विपद्मा १७३ जना घाइते भएको नेपाल प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार अहिलेसम्म बाढी, पहिरोमा परेका १७ हजार १२० जनाको उद्धार गरिएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara

साथै प्रहरीले अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेकाले सडक खुलाउने प्रयास भइरहेको हुँदा लामो यात्रामा निस्किनु अघि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर निस्किन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button