
पाेखरा । हालैको बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । साथै एक सय ७७ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्ग मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ ।





