पोखरा जगदम्बा ट्राभल्सको सुविधासम्पन्न चार वटा बस थपियो

  • पोखरा न्यूज
  • २०८१ आश्विन १८
पोखरा जगदम्बा ट्राभल्सको सुविधासम्पन्न चार वटा बस थपियो

पोखरा । पोखरा जगदम्बा ट्राभल्सले सोफा र एसीसहितको चार वटा अत्याधुनिक बस थपेको छ । पर्यटकीय राजधानी पोखराबाट देशका विभिन्न क्षेत्रमा सेवा दिइरहेको जगदम्बाले पोखरा-काठमाडौँका लागि दुई र पोखरा-काकडभिट्टा लागि दुई वटा बस थपेको हो ।

जगदम्बाले गत बर्षमात्र चौथो संस्करणको सुपर भिआइपी लक्जरी बस सञ्चालनमा ल्याएको थियो ।

नयाँ बसमा सोफा र एसी सुविधा छ । काठमाडौँ जाने र आउने बसमा कफी, खाजा र पानीसहितका सुविधा दिइने सञ्चालक केशवप्रसाद अधिकारीले जानकार दिए । पोखरादेखि पूर्व जाने गाडीमा भने यो सुविधा नभएको उनले बताए ।

बसमा पोखरा-काठमाडौँको यात्राका लागि एक हजार छ सय रुपैयाँ भाडादर कायम गरिएको छ ।

बस सेवाको संघीय सांसद दामोदर बैरागीले शुभारम्भ गरे । बस शुभारम्भको अवसरमा डेमो यात्रा गराइएको थियो । डेमो यात्रामासमेत सहभागी सांसद बैरागीले बसले पर्यटकीय राजधानीको औचित्य पुष्टि गर्न सघाउने बताए । ‘पर्यटकीय राजधानी घोषणा भइसकेको सन्दर्भमा यसले थप आकर्षण प्रदान गर्छ’, उनले भने ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले सुविधा सम्पन्न बसले सेवा दिने क्रम निरन्तर बढिरहेको बताए ।

जगदम्बाले मोर्डन ईरा टूर्स एण्ड ट्राभल्समार्फत पोखरा-दिल्ली लक्जरी बस सञ्चालन गर्दै आइरहेको छ ।

सञ्चालक अधिकारीले यात्रुको रोजाई अनुसार एक हजारदेखि एक हजार छ र दुई हजार पाँच सय रुपैयाँसम्मको भाडादरमा पोखरा-काठमाडौँ बस सञ्चालन गरिएको बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस