आज देशभर मेघगर्जन-चट्याङ्गसहित बर्षाको सम्भावना

  • पोखरा न्यूज
  • २०८१ आश्विन १९
आज देशभर मेघगर्जन-चट्याङ्गसहित बर्षाको सम्भावना

पाेखरा । देशभर मनसुनी वायुको प्रभाव कायमै  छ । देशको पूर्वी र मध्यभागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागका अनुसार कोशी, मधेस र बागमती प्रदेशको पूर्वी भूभागमा साधारण बदली रही बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो गण्डकी, कोशी, मधेस र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने छ ।

गण्डकी, कोशी, मधेस बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । गण्डकी, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस