सुख्खा पहिरोमा पुरिएर पर्यटक टोलीका कुकको मृत्यु

  • पोखरा न्यूज
  • २०८१ आश्विन १९
सुख्खा पहिरोमा पुरिएर पर्यटक टोलीका कुकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ इटहरी भन्ने ठाउँमा सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा संखुवासभाको सिलिङचोङ गाउँपालिका वडा नं ५ का ४० वर्षीय टिका राई छन् ।

उनी ट्रेकिङका लागि कञ्चनजंघा क्षेत्र जाँदै गरेका पर्यटक टोलीका कुक भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

आवश्यक अध्ययन गरी शव उठाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस