पोखरा-५ मा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  • पोखरा न्यूज
  • २०८१ आश्विन १९
पोखरा-५ मा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ द्वारा आयोजित ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगिताअन्तर्गत ‘ए’ लेभलमा केशव अधिकारी र प्रवेश गुरुङको जोडी, ‘बी’ लेभलमा केशव बराल र प्रमोद बरालको जोेडीले प्रथम स्थान हासिल गरेको छ ।

यस्तै, एलेभलतर्फ विश्व अधिकारी र अर्जुन मरासिनी र बीलेवेलतर्फ ओम गुरुङ र पवन पराजुलीको जोडले द्वितीय स्थान हासिल गरे ।

यसैगरी उत्कृष्ट खेलाडीमा प्रवेश गुरुङ, प्रमोद बरालका साथै ज्येष्ठ खेलाडी इन्द्रप्रसाद गुरुङ पुरस्कृत भए ।

दुबै लेभलका विजेता जोडीले १२ हजार तथा उपविजेताले सात हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगितामा ३८ खेलाडी सहभागी थिए ।

विजेता खेलाडीलाई वडाध्यक्ष विष्णुप्रसाद बराल, जनप्रतिनिधि हरिमाया विक, कल्पना क्षत्री, गोविन्दप्रसाद पराजुली, पूर्ववडाध्यक्ष धनबहादुर नेपाली, अग्रज खेलाडी बुद्धप्रसाद श्रेष्ठ, समाजसेवी जगदिश अधिकारीले पुरस्कार प्रदान गरे ।

वडाध्यक्ष बरालले प्रतियोगितामा खेलाडीको सहभागिता रहेको र खेलको स्तर पनि उच्च रहेको बताए ।

असोज १६ गते शुरु भएको प्रतियोगिताको उद्घाटन संघीय सांसद दामोदर बैरागीले गरेका थिए ।

वडा सदस्य मणिराम बरालको अध्यक्षतामा भएको समापन तथा पुरस्कार वितरण कार्यक्रमको सञ्चालन वडासचिव लक्ष्मण शर्मा पौडेलले गरेका थिए ।

विजयादशमी, शुभ-दीपावली, छठ, नेपाल संवतलगायतका पर्वको अवसरमा वडा कार्यालयले प्रतियोगिता आयोजना गरेको हो ।

वडाले प्रत्येक वर्ष ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै आएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस