|तस्बिर सामाजिक संजालबाट
हुम्ला । हुम्लामा शनिबार दिउसो जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२० राँझाका ४९ वर्षीया विष्णु परियार र हुम्लाको चंखेली गाउँपालिका-६ का ५ वर्षीय अभिषेक बुढा छन् । जीपमा चालकसहित सात जना सवार थिए ।
ताजाँकोट गाउँपालिका-२ पुइमामा लु१ज ३०४३ नम्बरको जीप दुर्घटनामा परेको हो । हुम्लाको सर्केगाड गाउँपालिकाको सर्केगाड बजारबाट बाजुराको मिलीचौरतर्फ जाँदै गरेको जीप कर्णाली करिडोरमा दुर्घटनामा परेको हो ।
गियर बक्स बिग्रेर रोकेको अवस्थामा सडकबाट ब्याक भई जीप तीन सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
प्रहरीका अनुसार गियर बक्स बिग्रेर बनाउन थालेपछि जीपमा रहेका पाँच जना गाडीबाट झरेका थिए । परियार र बुढा भने गाडीमै थिए । गाडीमा रहेका दुई जनाको मृत्यु भएको हो । मृतक दुवै जना दशैँ मान्न मामाघर हिँडेका प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution