लायन्सले उत्कृष्ट कार्य गरेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ : गभर्नर थापा

  • पोखरा न्यूज
  • २०८१ आश्विन १९
लायन्सले उत्कृष्ट कार्य गरेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ : गभर्नर थापा

पोखरा । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ‘जे’ नेपालअन्तर्गतका चार क्लबका अध्यक्षसहित पदाधिकारी र सदस्यको संयुक्त पदस्थापन शुक्रबार भएको छ ।

लायन्स क्लब अफ पोखरा चौतारी, न्यूरोड चौतारी, सुन्दर चौतारी र लियो क्लब अफ पोखरा चौतारीका वर्ष २०२४/०२५ का नवनिर्वाचित पदाधिकारीको पदस्थापन गराइएको हो ।

डिस्ट्रिक्ट गभर्नर मीलन थापाले चार वटै क्लबका अध्यक्ष एवं पदाधिकारीलाई पदस्थापन गराइन । थापाले क्लब प्रवेश गरेका नयाँ सदस्यलाई लायन्स इतिहासका बारेका जानकारी गराउँदै पदाधिकारीलाई शपथग्रहण गराएकी हुन् ।

कार्यक्रममा गभर्नर थापाले पछिल्लो समय बर्षासँगै देशका विभिन्न भागमा आएको बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको भन्दै डिस्ट्रिक्टअन्तर्गतका क्लब पीडितका लागि उद्धारसँगै राहतका कार्यमा लागेको बताइन् ।

गभर्नर थापाले गत साउन महिनामा गोरखाको धार्केलगायत विभिन्न ठाउँमा ठूलो मात्रामा जनधनको क्षति भएकाले लायन्स अन्तर्राष्ट्रियबाट रकमबाट सहयोग गरेको बताइन् ।

उनले यसपटक पनि बाढीपहिरो पीडितका लागि लायन्स अन्तर्राष्ट्रियको डिजाष्टर फण्डबाट १५ हजार अमेरिकी डलर उपलब्ध भएको जानकारी दिइन् । गभर्नर थापाले विपत्तिमा परेका नागरिकका लागि क्लबस्तरबाट पनि सहयोग गर्नका लागि आग्रह गरिन् ।

लायन्सले सेवाका उत्कृष्ट कार्य गरेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने गरी कार्य गर्नुपर्नेमा उनले जोड दिइन् ।

पूर्वमल्टिपल काउन्सिल चियर पर्सन प्रेमबहादुर श्रेष्ठले डिष्ट्रिक्ट गभर्नर थापासहित क्लब पदाधिकारीले सामाजिक क्षेत्रमा महत्वपूर्ण कार्य गरेकोले नै उत्कृष्ट डिष्ट्रिक बन्न सफल भएको बताए ।

पूर्व डिष्ट्रिक गभर्नर योगेन्द्र प्रधानले विगतमा नेपाल गभर्नर बन्नका लागि झेलेका कष्ट उल्लेख गरे ।

लायन वर्ष २०२३/०२४ मा गरेका सामाजिक कार्यका बारेमा लायन्स क्लब अफ पोखरा चौतारीका अध्यक्ष ऐनबहादुर ऐर, न्यूरोड चौतारीका अध्यक्ष अर्जुनप्रसाद पौडेल, सुन्दर चौतारीका मीना भट्टराई र लियो पोखरा चौतारीका सहनशिल बरालले जानकारी बोलेका थिए ।

यस्तै लायन वर्ष २०२४÷०२५ का लागि पोखरा चौतारीका अध्यक्ष परशुराम पौडेल, न्यूरोड चौतारीका अध्यक्ष माधब बास्ताकोटी, सुन्दर चौतारीका हरिमास दजाडी र सहनशिल बरालले हालसम्म गरेका कार्यसहित भावी योजना प्रस्तुत गरेका थिए ।

पोखरा चौतारीका २०२३/०२४ अध्यक्ष ऐनबहादुर ऐरको अध्यक्षतामा भएको कार्यक्रमका पोखरा चौतारीका पूर्वअध्यक्ष एवं पूर्वडिष्ट्रिक्ट गभर्नर ध्रुबबहादुर थापाले स्वागत, पोखरा चौतारीका पूर्वअध्यक्ष एवं जोनचेयर पर्सन राजेन्द्र बहादुर कार्कीले सञ्चालन र धन्यवाद ज्ञापन क्लबका पूर्वअध्यक्ष एवं डिष्ट्रिक्ट सचिव कृष्णबहादुर अधिकारीले गरेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस