पोखरा । पोखरास्थित प्रतिभा माविमा वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । विद्यालयमा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीबीच प्रतिस्प्रर्धा हुने गरी खेलकुद कार्यक्रम गरिएको हो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायणप्रसाद पौडेलले कार्यक्रमको उद्घाटन गरेका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार विद्यालयले हरेक वर्ष कक्षा ११ र १२ मा अध्ययरत विद्यार्थीका लागि खेलकुद कार्यक्रम गर्दै आएको छ ।
सापकोटाका अनुसार प्रतिस्पर्धामा बास्केटबल, भलिबल, चेस, ब्याडमिन्टन र टेवलटेनिसका विद्यार्थीका विभिन्न टीमले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । विद्यालयका ४० वटा सेक्सनका विद्यार्थीले अन्तर सेक्सन समूह बनाएर खेल प्रतियोगितामा भाग लिएको उनले बताए ।
अध्यक्ष पौडेलले पढाईबाहेक विद्यार्थीभित्रको खुबी देखाउने क्षेत्र नै खेलकुद भएकोले त्यसलाई बाहिर देखाउनुपर्ने बताए ।
विद्यालयले विद्यार्थीमा भएको खेलको प्रतिभा बाहिर ल्याउनका लागि हरेक वर्ष यस्तो गतिविधि गर्दै आएको उनले बताए ।
प्राचार्य सापकोटाले दशैँ-तिहारपछिको समयमा विज्ञान प्रदर्शनी, बिजनेस प्लान प्रेजेन्टेसन र पूmड फेस्टिभल लगायतका कार्यक्रम गर्ने पनि जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution