गम्बोरोले पाँच हजार बढी कुखुरा मरे, देउवा निरास

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-८ मा गम्बोरो रोगका कारण पाँच हजार बढी कुखुरा मरेका छन् । किसान पहल देउवाले पालेका पाँच हजार बढी लेयर्स कुखुरा मरेका हुन् ।

यसअघि आफ्नो फर्ममा गम्बोरो रोग कहिले नदेखिएको देउवाले बताए । “यो रोगका कारण यति धेरै कुखुरा मरेको पहिलोपटक हो, कुखुरा बिरामी भएको थाहा पाउने बित्तिकै ल्याब परीक्षण गर्दा गम्बोरो रोग लागेको पहिचान भएको थियो, भ्याक्सिन, औषधि दिँदादिँदै पनि खोर नै रित्तिने गरी कुखुरा मरेपछि रु ३० लाख बढीको क्षति छ”, उनले भने ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

घोडाघोडी नगरपालिका पशु शाखा प्राविधिक मनोज आचार्यले पनि गम्बोरो रोगका कारण पहिलोपटक पालिकामा क्षेत्रमा यति धेरै क्षति भएको बताए ।

उनले भने, “पाँच हजार ७०० कुखुराका चल्ला ल्याएकामा अब छ-सात सय बचेका छन्, ती पनि मरिरहेका छन्, यति धेरै क्षति भएकामा हामी पनि चिन्तित छौँ ।”

चाडपर्व नजिकिँदै जाँदा भएको क्षतिले देउवा परिवारलाई निकै क्षति भएको छ । “चाडपर्व पनि नजिकिँदै छ । ठूलो सपना बोकेर कुखुरा हुर्काइरहेका थियौँ तर एकैपटक यो बज्रपात आइलाग्यो, सरकारले पशु बीमा कार्यक्रमअन्तर्गत कुखुराको पनि बीमा गर्ने सुविधा गरिदिएको भए हामीजस्ता किसानलाई केही राहत मिल्थ्यो, भैँसी, बाख्रालगायतको बीमा भए पनि कुखुरा, माछाको हुँदैन, इन्सुरेन्स पनि गरेको छैन, अब क्षतिपूर्ति गर्ने कुनै उपाय पनि छैन”, निरास हुँदै उनले भने ।

देउवाले केही समयअद्धि कुखुराको इन्सुरेन्स गर्नका लागि नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानलाई प्रक्रिया पुर्याएर आवश्यक कागजात पनि बुझाउनुभएको सुनाए ।

पछि संस्थानको जिल्लास्थित कार्यालयले माथिको आदेश भन्दै बीमा नगर्ने जानकारी गरेको उनको भनाइ छ ।

“जताबाट पनि किसान नै मारमा पर्ने गरेका छौँ, कोरोनाको समयमा पनि लाखौँको क्षति भयो, फेरि हाल खोर नै रित्तियो, अब त आफ्नै ठाउँमा केही गरौँ भन्ने इच्छा पनि मर्दै गएको छ”, देउवाले मनको बह पोखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button