दशैँकाे चाैथाे दिन तथा सूर्यदेवको प्रिय दिनमा राशिफल कस्ता हाेला ?

आजको पञ्चाङ्ग

मिति २०८१ असोज २० गते आइतबार, इस्वीसंवत अक्टोबर ६ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४४, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आश्विनशुक्ल दुर्गापक्ष चलिरहेको छ । सौरमान अनुसार आज आश्विनशुक्ल दुर्गापक्षको चतुर्थी तिथि अहोरात्र रहनेछ । नक्षत्रमा विशाखा रातिमा १०ः२१ बजेसम्म त्यसपछि अनुराधा लाग्नेछ । विष्कुम्भादि योगमा प्रीति ५९ घटि ५० पलासम्म त्यसपछि आयुष्मान योग रहनेछ । करणमा वणिज रहनेछ । आनन्दादि योगमा उत्पात रहनेछ ।

Hot Air Balloon Booking
Paragliding Pokhara

सूर्य कन्या राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । आज दिनमान २९ घटि १७ पला अर्थात ११ घण्टा ४५ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः५९ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः४२ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ८ः५४ बजे र अस्ताउने समय साँझमा ७ः३५ बजे रहेको छ ।

आजको राशिफल

मेष : आज समय खराब छ । बोलिचाली एवं जनव्यवहारमा सावधानी अपनाउनु उचित हुनेछ । व्यवसाय तथा कर्मक्षेत्रमा बाधा अड्चन हुनसक्ने छ भने अपेक्षित एवं प्राप्त आश्वासन पूरा हुन कठिन पर्नेछ । स्वास्थ्यमा पनि समस्या देखिन सक्ने देखिन्छ । उपर्युक्त संघर्ष एवं प्रतिकूलताको बाबजुत खासै योजनामा नपरेको काम बनेर केही राहत भने मिल्न सक्नेछ । अप्रत्यासित उपलब्धि हातपार्न सकिने सम्भावना छ । तपाईलाई आज कुमारीदेवीको श्रद्धा भक्ति एवं उपाशना गर्नु हितकर हुनेछ ।

वृष : आज पनि स्वास्थ्य राम्रो रहनेछ । दाम्पत्य एवं भौतिक सुखकर रहनेछ । जीवन साथी वा विपरित लिङ्गीको सहयोग मिल्ने तथा प्रेमसम्बन्ध बलियो हुनेछ । यात्राकर ग्रहयोग परेकोले देश विदेशको यात्रा हुन सक्ने सम्भावना पनि देखिएको छ । व्यापार व्यवसायीले राम्रो लाभ गर्न सक्नुहुनेछ । कार्यक्षेत्रमा सौहार्दपूर्ण वातावरण सृजना हुनाले भौतिक उपलब्धि एवं मानसिक शान्ति मिल्नेछ । जागिर नोकरी आदिमा पनि दिन अनुकूल रहेको छ ।

मिथुन : आज समय शुभ रहनेछ । अवसरको सदुपयोग गर्न सकेको खण्डमा अनुकूल एवं सफल रहनेछ । प्रतिस्पर्धामा सफल भइने छ भने स्वकार्यबाट पनि राम्रो उपलब्धि गर्न सकिने छ । जागिर आदि पेशाको क्षेत्रमा पनि स्याबासी तथा प्रशंसा मिल्नेछ । स्वास्थ्यमा आरोग्यता प्राप्त हुने तथा कान्तिमा बृद्धि हुनेछ । खेलकुद आदि शारीरिक प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ । विरोधीपक्षसँग आफ्नो पक्षमा सम्झौता गर्न सकिने छ ।

कर्कट : आज पनि समय भरपर्दो रहनेछैन । सोँचविचार नपुर्याई अनावश्यक रुपमा गरिएको घुमफिरले अन्ततः खर्चलाई नै प्रोत्साहन गर्नेछ । सुझबुझ नगरी गरिएको फुर्तिफार्तिले पश्चाताप पार्न सक्ने छ । आयमा मन्दी आउने तथा सञ्चित धन खजानाको खर्च हुने, अस्वस्थता बढ्न सक्ने आदि कुरालाई पनि गोचरले लक्षित गरिरहेको छ । तथापि खासै नसोँचेको विषयको काम बनेर आकस्मिक लाभ तथा उपलब्धि हात पर्नसक्ने कुरालाई पनि गोचरले दखाइरहेको छ ।

सिंह : आज समय खराब रहनेछ । मनमा संकुचित विचार बढ्न सक्ने तथा कसैसँग मनमुटाव हुन सक्ने पनि सम्भावना छ, ख्याल पुर्याउनु होला । पारिवारिक भार बढ्न सक्ने एवं अभाव खट्किन सक्ने देखिन्छ । केही असन्तुष्टिको सामना गर्नपर्ने हुनसक्छ, संघर्ष तथा अपयशसँग जुध्नका लागि आत्मबल बढाउनु पर्ला । काममा सावधानी अपनाउनु बुद्धिमानी हुनेछ । धैयैधारणले नै प्रतिकूलता टार्नसकिने कुरालाई गुरु मन्त्र बनाउनु होला ।

कन्या : आज समय शुभ छ । मानसम्मान प्राप्त हुने र व्यापार व्यवसाय एवं जागिर आदि पेशाको क्षेत्रमा अनुकूलता सृजना हुनेछ । समाज सेवाका कार्यमा ग्रहले राम्रो बल दिइरहेको देखिन्छ । सम्भावना हराइरहेका केही कामको सम्भावना पनि भेटिन सक्ने छ । समयको अनुकूलतालाई बुझेर राम्रो कार्यमा सदुपयोग गरी विशिष्ट दर्जा एवं पक्षका व्यक्तित्वसँग महत्वपूर्ण उपलब्धि लिन सकिनेछ । राज्यको क्षेत्रबाट पनि आज काम लिन सक्नुहुनेछ । आज तपाईले भगवान गुरु गणपतिको दर्शन भक्ति गर्नु शुभप्रद हुनेछ ।

तुला : आज समय अत्यन्तै खराब छ । बोलीवचनको अपव्याख्या हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न, ख्याल गर्नुहोला । धनोन्माद बढ्ने र सन्चित धनको अपव्यय हुन सक्ने सम्भावना पनि देखिएको छ । परोपकार एवं समाजिक सेवामा संलग्न हुने मौका मिल्न सक्ने छ । नाता-कुटुम्बिक सम्बन्ध विस्तारमा पनि सजग हुन जरुरी देखिएको छ । आज हनुमानदेवको भक्तिभाव गर्नु शुभकर हुनेछ ।

वृश्चिक : आज पनि समय अत्यन्तै शुभ छ । व्यवहारिक कुशलता बढ्नाले मान्छेको ध्यानाकर्षण गर्नसकिने गोचर परेको छ । मानप्रतिष्ठा बढ्ने र मिठो खानेकुरा प्राप्ति हुन सक्नेछ । व्यवसायबाट धनलाभ एवं भौतिक सुख र आफन्तजनबाट प्रशंसा प्राप्ति हुनेछ । अभिष्टकार्यमा सफलता मिल्न सक्ने गोचर रहेको छ, ईच्छित कार्य पूर्णताका लागि दृढताको साथमा अगाडि बढ्न सक्नुहुनेछ । सामाजिक जिम्मेवारी पनि थपिन सक्नेछ ।

धनु : आज समय खराब रहनेछ । स्वास्थ्य भरपर्दो रहनेवाला छैन । समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला । पुराना मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । आज जताबाट पनि समस्या आइलाग्ने देखिन्छ । आम्दानीको तुलनामा खर्च ज्यादा रहनेछ । चनाखो भइ सकेसम्म खर्च जोगाउनु नै राम्रो हुनेछ । समय खराब रहेकाले टाढाको यात्रा गर्नु ठीक छैन ।

मकर : आज समय अनुकुल रहनेछ । पूण्यार्जन गर्ने अवसर मिल्ने ग्रहगोचर परेको छ । अध्यात्मिक तथा आस्तिक भावना बृद्धि हुने र धार्मिक कार्य सम्पादन गर्न सकिने छ । व्यवसायिक उन्नति पनि हुन गइ आर्थिक लाभ पनि गर्न सकिने छ । सांसारिक पुरुषार्थ गर्न पनि सक्नुहुने छ । यात्रा योजना एवं नयाँ कार्यको थालनीको सम्भावनालाई पनि ग्रहले लक्षित गरिरहेको देखिन्छ । आँटेको काममा थप आत्मबलको साथमा अघि बढ्दा हुनेछ ।

कुम्भ : आज समय मध्यमखालको रहनेछ । पराक्रम बढ्ने हुनाले पुरुषार्थकर रहनेछ । शारीरिक जोश जाँगर बढ्ने हुनाले रोकिएर रहेका काम पूरा गर्ने मौका मिल्नेछ । सहयोगीहरु पनि जुट्ने छन् । इष्टमित्र तथा जानपहिचानका व्यक्तिबाट प्रशंसा पाइनेछ । दाजुभाईबीचको सम्बन्धमा सुधार आउने एवं भाइबहिनीसँगको सहकार्यबाट उपलब्धि गर्न सकिने छ । व्यवसायिक कामबाट आर्थिक उपार्जन गर्न सकिनेछ ।

मीन : आज समय खराब छ । मनमा विना कामका चिन्ताले सताउनेछन् । आफू अपमानित हुनुपर्ने ठाउँमा नचाहेर पनि जानुपर्नेछ । आफन्तै व्यक्तिसँग झगडा पर्न सक्नेछ । आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन, निस्कियो भने आफ्नै पैसा र समयको बर्वादी हुनुका साथै दुर्घटना पनि हुन सक्नेछ । त्यसैले सतर्क हुनु अति आवश्यक छ । आज सकेसम्म पूर्व दिशाको यात्रा नगर्नुहोला ।

साइत : सूर्य कन्या राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । त्यसैले दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम, पूर्व र उत्तरतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः५८ बजेदेखि ७ः२६ बजेसम्म उद्धेग बेला
बिहान ७ः२६ बजेदेखि ८ः५५ बजेसम्म चर बेला
बिहान ८ः५५ बजेदेखि १०ः२३ बजेसम्म लाभ बेला
बिहान १०ः२३ बजेदेखि ११ः५२ बजेसम्म अमृत बेला
मध्यान्ह ११ः५२ बजेदेखि १ः२० बजेसम्म काल बेला
दिनमा १ः२० बजेदेखि २ः४९ बजेसम्म शुभ बेला
दिनमा २ः४९ बजेदेखि ४ः१७ बजेसम्म रोग बेला
दिनमा ४ः१७ बजेदेखि ५ः४६ बजेसम्म उद्धेग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः४६ बजेदेखि ७ः१८ बजेसम्म चर बेला
साँझ ७ः१८ बजेदेखि ८ः४९ बजेसम्म लाभ बेला
राति ८ः४९ बजेदेखि १०ः२१ बजेसम्म अमृत बेला
राति १०ः२१ बजेदेखि ११ः५२ बजेसम्म काल बेला
राति ११ः५२ बजेदेखि १ः२४ बजेसम्म शुभ बेला
राति १ः२४ बजेदेखि २ः५५ बजेसम्म रोग बेला
रातिमा २ः५५ बजेदेखि ४ः२७ बजेसम्म उद्धेग बेला
रातिमा ४ः२७ बजेदेखि ५ः५८ बजेसम्म चर बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button