देशभर मनसुनी वायुको प्रभाव : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • पोखरा न्यूज
  • २०८१ आश्विन २०
देशभर मनसुनी वायुको प्रभाव : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

|प्रतिनिधिमूलक तस्बिर

पाेखरा। देशभर मनसुनी वायुको प्रभाव रहेको तथा पूर्वी र मध्यभागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले अनुसार हाल गण्डकी र लुम्बिनीसहित देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।

लुम्बिनीका केही र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

गण्डकी, कोशी, बागमती र लुम्बिनी  प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

साथै  गण्डकी र कोशी प्रदेशका केही तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ ।

विभागले आगामी २४ घण्टामा गण्डकी, कोशी, बागमती र लुम्बिनी  प्रदेशका केही तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

३ घण्टा अघि

गाई पूजा आजै

३ घण्टा अघि

गाई पूजा आजै

खोजी गर्नुहोस