बंगलादेशमा चट्याङमा परी करिब ३०० जनाको, मर्ने अधिकांश किसान

  • पोखरा न्यूज
  • २०८१ आश्विन २०
बंगलादेशमा चट्याङमा परी करिब ३०० जनाको, मर्ने अधिकांश किसान

|प्रतिनिधिमूलक तस्बिर

ढाका । बंगलादेशमा यस वर्ष चट्याङमा परी करिब ३०० जनाको ज्यान गएको छ । मृत्यु हुनेमा अधिकांश ग्रामीण क्षेत्रका किसान छन् ।

यस वर्षको फेब्रुअरीदेखि सेप्टेम्बरसम्मको अवधिमा चट्याङका कारण २४२ पुरुष र ५५ महिला गरी २९७ जनाको मृत्यु भएको छ ।

‘सेभ द सोसाइटी एन्ड थन्डरस्टर्म अवेयरनेस फोरम (एसएसटीएफ)’ ले शनिबार ढाकामा पत्रकार सम्मेलन गरी मृत्यु हुनेको सङ्ख्या सार्वजनिक गरेको हो ।

सन् २०१९ देखि चट्याङबाट हुने क्षतिको अनुगमन गरिरहेको एसएसटीएफले यस अवधिमा ७३ जना घाइते भएको बताएको छ ।

चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश ग्रामीण क्षेत्रका मानिस रहेको र उनीहरू आफ्नो खेतबारीमा काम गरिरहेका समय मृत्यु भएको बताइएको छ ।

एसएसटीएफले राष्ट्रिय दैनिक, स्थानीय दैनिक पत्रपत्रिका, अनलाइन न्यूज पोर्टल र टेलिभिजन च्यानलबाट चट्याङबाट मृत्यु हुनेको तथ्याङ्क सङ्कलन गरेको जनाएको छ ।

बङ्गलादेशमा मौसम परिवर्तन हुने महिनामा चट्याङ पर्ने र यसका कारण बर्षेनि सयौँले अकालमा ज्यान गुमाउने गरेका उक्त संस्थाले जनाएको छ ।

बङ्गलादेशले हालैका वर्षमा चट्याङका कारण मृत्यु हुनेको सङ्ख्या बढेको र विज्ञले यो अवस्थालाई प्रत्यक्ष रूपमा जलवायु परिवर्तनसँग पनि जोडेर हेर्ने गरेका पाइन्छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

३ घण्टा अघि

गाई पूजा आजै

३ घण्टा अघि

गाई पूजा आजै

खोजी गर्नुहोस