मुग्लिङ-नारायणगढ सडकमा गाडीमाथि खस्यो ढुंगा, पाँच जना घाइते

  • पोखरा न्यूज
  • २०८१ आश्विन २०
मुग्लिङ-नारायणगढ सडकमा गाडीमाथि खस्यो ढुंगा, पाँच जना घाइते

पोखरा । मुग्लिङ-नारायणगढ सडकमा सडकमाथिबाट ढुंगा खसेर २ वटा बसका ५ जना घाइते भएका छन् ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ टोपेखोलामा गएराति सो घटना भएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट बर्दिया गइरहेको ना७ख २७४५ नम्बरको बस र काठमाडौंबाट नारायणगढ जाँदै गरेको बाप्र०६-००१ज ०२३६ नम्बरको माइक्रो बसमाथि ढुंगा लागेको हो ।

घाइते यात्रु बसका हुन्, माइक्रोबसका यात्रुलाई भने केही नभएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा बर्दिया गेरूवाका प्रेमकला थापा, विकास शर्मा र गीता पाण्डे तथा मुगुका हिरामणि सञ्जेल र मोहन सञ्जेल छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र दुईजनाको अवस्था सामान्य रहेको छ ।

उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस