पाेखरा । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको स्थगित २३औं राष्ट्रिय अधिवेशन मंसिर २३ र २४ गते हुने भएको छ । उमेरहद विवादका कारण रोकिएको अधिवेशन मंसिर २३ र २४ गते हुने निर्णाय भएको अध्यक्ष मण्डलले जानकारी दिएको छ ।
वीरबहादुर थापा अध्यक्ष रहेको सात सदस्यीय अध्यक्षमण्डलले शनिवार विज्ञप्ती जारी गर्दै रोकिएको अधिवेशन मङ्सिरमा हुने बताएको हो ।
पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही १० गते उद्घाटन गरेको अधिवेशनमा उमेर हद लगाउने विषयमा विवाद भएपछि मतदानबाट समाधानको प्रयास गरिएको थियो ।
बन्द सत्र अनिर्णित भइरहेका बेला देशभर परेको बाढी पहिरोलाई कारण देखाउँदै अधिवेशन बन्द शत्रबाट नै अनिश्चितकालका लागि स्थगित भएको थियो ।
शनिबार बसेको शीर्ष तहका पार्टीका नेता तथा विद्यार्थी नेताहरुबीच बन्द शत्रमा उत्पन्न विवाद मत विभाजनको आधारमा टुंगो लगाउने सहमति भएसँगै मङ्सिर २३ र २४ गते सम्पन्न गर्ने निर्णय भएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution