
गोरखा । गोरखामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोरखा नगरपालिका वडा नं १० हुल्चेमा बा२क ४९८६ नम्बरको क्रेन ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार सडकबाट पल्टिएको क्रेनले च्यापिएर बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं १९ का १९ वर्षीय प्रिन्स अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अन्सारी सोही स्थानको हृयाचरीमा काम गरिरहेका अवस्थामा क्रेन पल्टिएर च्यापिएका हुन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अन्सारीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । क्रेन चालक वीरगञ्जका २४ बर्षीय अजहर अन्सारीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





