नवलपरासी । नवलपरासीमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । नवलपरासीको सुनवल नगरपालिका वडा नं. ७ ज्यामिरेमा माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
साथै मोटरसाइकलको पछाडि सवार अर्का एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुनवलको ज्यामिरे चोकमा लु१ख ८४५३ नम्बरको माइक्रोले लु७९प ९१४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा तिलोत्तमा नगरपालिकाका ३२ वर्षीय ऋषि लम्तरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको भलुही मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी विवेक गुरुङ घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । माइक्रो र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution