मारवाडी सेवा भोजनालयको खाजामा कैफियत, दुई लाख रुपैयाँ जरिवाना गराइयो

  • पोखरा न्यूज
  • २०८१ आश्विन २०
मारवाडी सेवा भोजनालयको खाजामा कैफियत, दुई लाख रुपैयाँ जरिवाना गराइयो

पोखरा । पोखराको महेन्द्रपुलमा रहेको मारवाडी सेवा भोजनालयलाई जिल्ला प्रशासन कार्यालय कास्कीले दुई लाख रुपैयाँ जरिवाना गराएको छ ।

उपभोक्ताको हितविपरीत कार्य गरेको भन्दै मारवाडीलाई जरिवाना गराएको प्रशासनले जनाएको छ ।

आइतबार जिल्ला प्रशासन कास्कीको आयोजनामा शिक्षा विकास तथा समन्वय इकाईमा भएको लागुऔषधसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मारवाडी भोजनालयले उपलव्ध गराएको खाजामा कैफियत भेटिएको थियो ।

‘उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिमको कसुर गरेकाले भोजनालयलाई सोही ऐनको दफा १ को खण्ड (ख) बमोजिम जरिवाना गराइएको छ’, प्रशासनद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस