बर्षा वितण्डाः मृत्यु हुनेको संख्या २४६ पुग्यो, १८ जना बेपत्ता

  • पोखरा न्यूज
  • २०८१ आश्विन २१
बर्षा वितण्डाः मृत्यु हुनेको संख्या २४६ पुग्यो, १८ जना बेपत्ता

पोखरा । असोज १०, ११ र १२ गतेको बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुगेको छ ।

नेपाल प्रहरीका अनुसार अहिलेसम्म दुई सय ४६ जनाको मृत्यु भएको छ भने १८ जना अझै बेपत्ता छन् ।

यस्तै १७८ जना अझै घाइते रहेका छन् ।

मृत्यु हुनेमा बागमती प्रदेशका १३९ जना रहेका छन्, जसमा काठमाडौँ उपत्यकाका ७० जना छन् ।

त्यस्तै लुम्बिनी प्रदेशका २ जनाको मृत्यु भएको छ भने मधेश प्रदेशबाट ९ जनाको मृत्यु भएको छ ।

त्यस्तै कोशी प्रदेशबाट २० जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार अहिलेसम्म १७ हजार १७४ जनाको उद्धार गरिएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस