एनएमबि बैङ्कद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाखको सहयोग

पाेखरा । एनएमबि बैङ्कले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५१ लाख बराबरको रकम सहयोग स्वरूप प्रदान गरेको छ।

सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुनर्स्थापना गराउन र बिग्रिएका, भत्किएका संरचनाको पुनर्निर्माण गर्न महत्त्वपूर्ण योगदान पुग्ने बैङ्कले विश्वास लिएको छ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

बैङ्कका उच्च पदाधिकारीले आज प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगी सहयोग रकम बराबरको चेक प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष हस्तान्तरण गरेका थिए।

बाढी पहिरोबाट प्रभावित समुदायलाई अत्यावश्यक राहत र सहायता प्रदान गर्ने उद्देश्यका साथ प्रदान गरेको सहयोग बैङ्कको सामाजिक उत्तरदायित्व र सामुदायिक कल्याणप्रति आफ्नो प्रतिबद्धता हो।

साथै यस चुनौतीपूर्ण समयमा दैवी प्रकोपबाट प्रभावित नेपाली नागरिकलाई  चाहिने साथ र सहयोग पुग्ने विश्वास बैङ्कले लिएको छ।

एनएमबि बैङ्कले हाल देशभर २०१ शाखाहरू, १८७ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button