४० जना सवार बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

पोखरा । सिन्धुलीमा आज दिउँसो यात्रुबस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

काठमाडौँबाट भोजपुर जाँदै गरेको बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको यात्रुबाहक सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना भएको हो । बसमा ४० भन्दा बढी यात्रु रहेका थिए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार घाइतेलाई उद्धार गरी अस्पताल लैजानेक्रम जारी छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button