नेपाल रेडक्रस सोसाइटीको शुभकामना आदानप्रदान

पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा-३३ उपशाखा भरतपोखरीले बडादशैंँ, दीपावली, छठलगायतका चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

कार्यक्रमका नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका सदस्य तथा जुनियर युवा समिति संयोजक रमेशराज भण्डारीले रेडक्रसका आदर्श र सिद्धान्त लगायतका विषयमा प्रकाश पारे ।

नेपाल रेडक्रस सोसाइटी पोखरा-३३ उपशाखाका सभापति टुकराज भण्डारीले शाखाका गतिविधि बारे प्रकाश पारेका थिए ।

कार्यक्रमका सहभागीलाई युवराज शर्माले डेँगी रोग नियन्त्रण सम्बन्धमा सचेतनामूलक प्रशिक्षण दिएका थिए ।

पोखरा महानगरपालिका वडा नं ३३ का वडासदस्य प्रकाश कार्की, रेडक्रस सोसाइटी कास्की जिल्ला समितिका सदस्य डिल्लीराम बराल, बुद्धिजीवि नन्दलाल काफ्ले, युवा समाजसेवी दिनेश आचार्य, रामजीप्रसाद अधिकारी, ई.कृष्ण प्रसाद अधिकारलगायतले बोलेका थिए ।

उपशाखा सभापति भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा सचिव तुलशीमणि अधिकारीले सञ्चालन र स्वागत उपसभापति शान्तिदेवी अधिकारीले गरेका थिए भने रेडक्रसका सात सिद्धान्त प्राप्ति भण्डारीले वाचन गरेकी थिइने ।

कार्यक्रमकै अवसरमा बलबहादुर केसी अध्यक्षतामा ११ सदस्यीय नेपाल युवा रेडक्रस सर्कल भरतपोखरी गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button