पोखरा । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु-२० च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।
श्रीलङ्ककाको कोलम्बोमा सोमबार भएको खेलमा उज्वेकिस्तानसँग नेपाल ३-१ को सेटमा पराजित भएको हो ।
खेलमा पहिलो र दोस्रो सेट गुमाएको नेपालले तेस्रो सेट भने जितेको थियो । तेस्रो सेटको जितले खेलमा फर्कने संकेत गरेको नेपाल त्यसपछिको सेटमा पराजित हुन पुग्यो र अन्तत उज्वेकिस्तान विजयी भयो ।
नेपालले उज्वेकिस्तानसङ पहिलो सेट १९-२५ ले गुमायो भने खेलको दोस्रो सेट १४-२५ ले पराजित भयो ।
यस्तै नेपालले तेस्रो सेट २९-२७ ले आफ्नो पक्षमा पार्यो । तर, खेलको चौथो सेटमा नेपाल उज्वेकिस्तानसङ १५-२५ ले पछि पर्यो ।
प्रतियोगितामा नेपालको यो पहिलो हार हो । हिजो भएको पहिलो खेलमा नेपालले श्रीलङ्काविरुद्ध ३-० को सोझो सेटमा जित निकालेको थियो ।
प्रतियोगितामा नेपालले भोलि माल्दिभ्ससँग खेल्नेछ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution