|तस्बिर सामजिक संजालबाट
बझाङ । बझाङको जयपृथ्वी राजमार्गमा सुक्खा पहिरो जाँदा सडक अवरूद्ध भएको छ । आइतबार बिहानैदेखि गाएको पहिरो हटाउन दुई वटा जेसिबी लगाए पनि सडक सञ्चालन हुन सकेको छैन ।
जयपृथ्वी राजमार्गअन्तर्गत छबिसपाथिभेरा गाउँपालिका-१ बालुवाटार नजिक खसेको सुक्खा पहिरो हटाएर अझै यातायात सञ्चालन गर्न नसकिएको स्थानीय रमेश गिरीले बताए ।
उनका अनुसार पहिरो पन्छाउन दुई वटा जेसिबी प्रयोग गरिए पनि माथिबाट निरन्तर पहिरो खसेका कारण सडक सञ्चालन हुन नसकेको हो ।
सडकमा पहिरो गएपछि यात्रु तलबाट हिँडेर गन्तव्यतिर गइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङका प्रमुख विनोद विष्टले जानकारी दिए ।
उनले जेसिबीले सफा गर्न सुरु गर्ने बित्तिकै माथिबाट पहिरो आउने र सडक पुर्ने गरेको बताए । उनका अनुसार पहिरो रोकिने बित्तिकै पहिरो पन्छाइ सडक सञ्चालन हुनेछ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution