पोखराको बुद्धचोकस्थित द स्केट पार्क प्रालिमा आगलागी, पूर्णरुपमा जल्यो सामान

पोखरा । पोखराको बुद्धचोकस्थित द स्केट पार्क प्रालिमा आगलागी भएको छ । सोमबार राति करिब ८ः२० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

द स्केट पार्क पोखरा-५ जिरोकिमीका कृष्ण ढकाल र चाउथेका अनिल ढकालले सञ्चालन गर्दै आएका थिए । ट्रस र जस्ता पाताले बनेको बाँसले बारेको द स्केट पार्कमा विद्युत लाईन सर्ट भई आगोलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट द स्केट पार्क पूर्णरुपमा जलेको छ । आगो वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोली, स्थानीय र दमकलको सहयोगमा राति ९ बजे नियन्त्रणमा आएको थियो ।

आगलागीबाट स्केट जुत्ता करिब ६५० थान, म्प्युटर ३ थान, ४३ ईन्चको टिभी, जेनेरेटर, ईनभटर ब्याट्री, सिसिक्यामेरा मनिटरसहित ८ आठ थान र केही स्केट जुत्ताका पार्टस जलेर नष्ट भएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button