पोखरा । पोखरामा कारले चार पांग्रे स्कुटरलाई ठक्कर दिँदा फरक क्षमता भएका व्यक्ति गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा पोखरा-२७ तालचोकका ५६ बर्षीय रामबहादुर छन्त्याल गम्भीर घाइते भएका छन् । उनको फेवासिटी अस्पताल उपचार भइरहेको कास्की प्रहरीका डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
कास्की प्रहरीका अनुसार सोमबार दिउँसो करिब १ बजे पोखरा-२७ स्थित पृथ्वीराजमार्गमा सो दुर्घटना भएको हो ।
गोरखाबाट पोखरातर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१-०२९च२३५० नम्बरको कारले सडक छेउमा रोकेको ग२४प ७४०२ नम्बरको चारपाङ्ग्रे स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।
कारचालक गोखरा नगरपालिका-११ एघारकिलोका २५ वर्षीय सरोज कुमाललाई इलाका प्रहरी कार्यालय शिशुवाले नियन्त्रणमा लिएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution