तीव्र गतिमा कुदाएको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा चालकको मृत्यु

  • पोखरा न्यूज
  • २०८१ आश्विन २२
तीव्र गतिमा कुदाएको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा चालकको मृत्यु

बर्दिया । बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका वडा नं ८ का २५ वर्षीय रामकिशुन थारु छन् ।

प्रहरीका अनुसार दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए । उनको जिल्ला अस्पताल गुलरियामा उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बढैयाताल गाउँपालिका-३ को भित्री सडकमा गरेको भे३प ४६९१ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

मोटरसाइकल तीव्र गतिमा चलाएका कारण बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस